नुवाकोट–१ मा एमाले र गठबन्धनबीच कसिलो प्रतिष्पर्धा

लोकपथ
1.5k
Shares

नुवाकोट । नुवाकोट क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यको प्रतिष्पर्धा रोचक देखिएको छ ।

सो क्षेत्रमा हालसम्म ३५ हजार २ सय ९७ मतको गणना भएको छ ।

जसमा नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले १४ हजार ९२ मत प्राप्त गरेका छन् । यता नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले १४ हजार ३२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत टेकराज भुसालले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रद्युम्न महतले ४ हजार ५ सय ३ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?