मैदानबाट बाहिरिए कमल थापा

लोकपथ
0
Shares

हेटौँडा । मकवानपुर क्षेत्र नम्बर १ मा एमालेको सूर्य चुनाव चिह्नबाट निर्वाचन लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतगणना सकिनुअघि नै हार स्वीकार गरेका छन् ।

करिब १० हजार मत गन्न बाँकी हुँदा उनले सञ्जालमार्फत पराजयलाई सहर्ष स्वीकार गर्ने प्रतिक्रिया दिएका हुन् । अब राप्रपाका उम्मेदवार दीपक सिंहको प्रभाव क्षेत्रमा मतगणना हुन थालेको तथा यसअघि नै कांग्रेसकी उम्मेदवार डीना उपाध्यायले फराकिलो अग्रता बनाएसँगै थापा मैदानबाट बाहिरिएका हुन् ।

उनले मतदिने सबैलाई आभार प्रकट गर्दै सूर्य चिन्ह लिएर चुनाव लड्ने अवसर दिएकोमा एमालेलाई धन्यवाद पनि दिएका छन् ।

पराजित भएपनि देश र जनताको हितमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउँदै थापाले भनेका छन्, ‘२०७९ सालको चुनावले सकारात्मक परिवर्तनको पक्षमा दिएको सशक्त सन्देशलाई सबैले मनन गर्नु जरुरी छ। प्रजातान्त्रिक अभ्यासमा हारजित स्वभाविक हो।व्यक्ति हारेपनि देश,जनता र लोकतन्त्र बलियो हुँदै जानुपर्छ।’

सनातन धर्म संस्कृति रक्षाको आवाज कमजोर हुँदै जान लागेकोमा भने केही खिन्नता लागेको थापाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?