किन रोकियो झलनाथ खनालको क्षेत्रमा मतगणना ?

लोकपथ
931
Shares

इलाम । इलाम क्षेत्र नं १ को मतगणना १५ घण्टादेखि मतगणना रोकिएको छ ।

गठबन्धनमा आवद्ध दलले आफूहरुलाई थाहै नदिइ ब्यालेट बक्स खोलेको भन्दै मतगणना स्थगित भएको हो ।

पूर्व सहमतिमा मतगणना शुरु भए पनि पछि एउटा ब्यालेट बक्स खोल्दा गठबन्धनमा आवद्ध दलले आफूहरुलाई जानकारी नदिई मतगणना गरिएको भन्दै आपत्ति जनाएपछि मतगणना रोकिएको इलाम १ का निर्वाचन अधिकृत राजकुमार दाहाललले लोकपथलाई जानकारी दिए ।

‘पहिले सर्वदलीय सहमतिमा मतगणना गरिएको थियो । तर पछि गठबन्धनका एकजना नेता आएर आफूलाई थाहै नदिइ मतगणना गरिएको भन्दै आपत्ति जनाएपछि मतगणना रोकियो ।’ दाहालले लोकपथसँग भने ।

त्यसैगरी केहीबेरमा सर्वदलीय बैठक बसी मतगणना सुचारु गर्न लागिएको उनले बताए ।

सो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल र नेकपा एमालेका महेश बस्नेतबीत तीव्र प्रतिष्पर्धा रहेको छ । खनालले ८ हजार ७ सय ८० मत ल्याएका छन् भने बस्नेतले १० हजार २ सय ८७ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?