दार्चुलाको प्रदेशसभा (२) मा माओवादीका मानबहादुर धामी विजयी

लोकपथ
0
Shares

दार्चुला । दार्चुलाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका मानबहादुर धामी विजयी भएका छन् । एमालेका रामदत्त जोशीलाई पराजित गर्दै धामी विजयी भएका हुन् ।

धामीले १३ हजार १७१ मत प्राप्त गरे भने जोशीले ११ हजार ८५६ मत प्राप्त गरे । यस्तै, राप्रपाका अमरसिंह धामीले ३१७ मत पाउँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गगन ठगुन्नाले १७३ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?