विराटनगर । झापाको क्षेत्र नं. २ मा एमालेका नेता देवराज घिमिरेले अग्रतालाई कायमै राखेका छन् । उनलाई स्वतन्त्र उम्मेद्वार भद्रप्रसाद प्रसाद नेपालले पछ्याइरहेका छन् । घिमिरेले हालसम्म ११ हजार ३४० मत पाउँदा नेपालले १० हजार १८० मत ल्याएका छन् ।
सत्ता गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका हरिकुमार रानामगरले भने तेस्रो स्थान पक्का गर्दै ५ हजार ९५६ मत ल्याएका छन् । १ लाख ३४ हजार ९१ कूल मतदाता रहेको उक्त क्षेत्रमा ८७ हजार ७२३ मत खसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया