काठमाडौं । चासोको साथ हेरिएको गोरखा क्षेत्र नं २ को मतगणना अझै शुरु हुन सकेको छैन ।
सबै मतपेटिका संकलनको काम सम्पन्न भए पनि एमाले लगायतले पुनः निर्वाचनको माग गरेसँगै अझै मतगणना हुन नसकेको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित अन्य राजनीतिक दलले निर्वाचनको क्षेत्रमा गठबन्धनले सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ ।
‘गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं १ र २ का विभिन्न मतदान केन्द्रहरुमा सत्ता र शक्तिको आडमा मृतक, वेपत्ता, विदेशमा रहेका तथा अनुपस्थित मतदाताहरुको नामबाट मतदान गर्ने, अन्य उम्मेदवारका फर्जि प्रतिनिधि खडा गर्ने, प्रतिनिधिहरुलाई तर्साउने र भौतिक आक्रमण गर्ने, प्रतिनिधिहरुलाई बोल्न नदिने, मतदाताहरुको इच्छा विपरित समातेर लगेर मतदान गर्ने, धम्क्यानको लागि काउन्टर राख्ने बाध्य पारेर मुचुल्कामा सही गराउने जस्ता अवान्छित कृयाकलाहरु भएका छन् ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
विभिन्न निर्वाचन क्षेत्रमा धाँधली रहेको भन्दै पुनः निर्वाचनको माग गरेका छन् ।
गोरखा क्षेत्र नं २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेको तर्फबाट अब्दुस मियाँ उम्मेदवार रहेका छन् ।
यता गोरखा क्षेत्र नं १ मा गठबन्धनको तर्फबाट कांग्रेसका राजेन्द्र बजगाईँ र एमालेका रामशरण बस्नेत प्रतिष्पर्धामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया