रसुवामा साँझ सम्म मात्रै मतपेटिका संकलन हुने

लोकपथ
56
Shares

रसुवा । हिमाली जिल्ला रसुवामा अझै मतपेटिका संकलनको काम भइरहेको छ ।

भौगोलिक विकटताको कारण केही केन्द्रको मतपेटिका आउन बाँकी रहेको रसुवाका मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार जिल्लाको लाङटाङको मतदान केन्द्रको मतपेटिका आउन अझै केही समय लाग्नेछ ।

‘अन्य क्षेत्रको मतपेटिका संकलन भयो । लाङटाङ केन्द्रको मतपेटिका आज साँझ सम्म मात्रै आइपुग्ने सूचना आएको छ ।’ पौडेलले भने ।

उनका अनुसार मतपेटिका संकलन र सर्वदलीय बैठकपछि आजै रातिबाट मतगणना शुरु हुनेछ ।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रसुवामा आइतबार सम्पन्न मतदानमा ७२ प्रतिशत मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?