काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ । सडक डिभिजन भरतपुरका अनुसार बिहीबारदेखि उक्त सडकखण्डमा दुईतर्फी सवारीसाधन सञ्चालन गरिएको हो ।
गत २२ भदौदेखि तुइन खोलामा खसिरहने पहिरो रोकथामका लागि ‘स्लोप स्टेबिलाइजेसन’ कार्य गर्न उक्त सडकखण्ड आंशिक रूपमा बन्द गरिएको थियो ।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा नयाँ ट्र्याक निर्माण सम्पन्न भई बिहीबारदेखि सवारीसाधन सञ्चालनमा आएपछि मुग्लिन–नारायणगढ सडकखण्ड पनि दुईतर्फी खुला गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
कृष्णभिरमा सडक अवरुद्ध भएको समयको सदुपयोग गर्दै सडक डिभिजन भरतपुरले तुइन खोलामा आंशिक सडक बन्द गरेर पहिरो रोकथामका लागि स्लोप स्टेबिलाइजेसनको काम अघि बढाएको थियो ।
सडक डिभिजनका अनुसार तुइन खोलामा स्लोप स्टेबिलाइजेसनको काम भने जारी रहनेछ । अर्को सूचना जारी नभएसम्मका लागि मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा रहने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया