चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन आह्वान

लोकपथ
35
Shares

काठमाडौं । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन आह्वान गरिएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार बोर्डको अध्यक्ष पदका लागि इच्छुक तथा योग्य व्यक्तिबाट आवेदन माग गर्दै सार्वजनिक सूचना जारी गरेको हो ।

मन्त्रालयका अनुसार इच्छुक उम्मेदवारले यही असोज ७ गतेभित्र कार्यालय समयभित्र दरखास्त पेस गर्नुपर्नेछ ।

यसअघि बोर्डका अध्यक्ष दिनेश डिसीको दुई वर्षे कार्यकाल भदौ ११ गते सकिएको थियो । उनको कार्यकाल सकिएपछि मन्त्रालयले सहसचिव रविलाल शर्मालाई बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।

नयाँ अध्यक्ष नियुक्त भएपछि कार्यवाहक अध्यक्ष शर्माले मन्त्रालयमै फर्किएर आफ्नो नियमित जिम्मेवारी सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?