काठमाडौं । पूर्वी नवलपरासीको देवचुलीमा पुनः मतदान गरिएको छ ।
सोमबार बिहान ७ बजदेखि मतदान शुरु भएको हो । देवचुली नगरपालिका वडा नम्बर ४ को झाक्रेमा आइतबार समानुपातिकतर्फको मतपेटिका जलाइएपछि मतदान रद्द गरिएको थियो ।
कुल ९ सय ८० मतदाता रहेको झाक्रेमा प्रदेशसभाको समानुपातिकतर्फका लागि मात्र मतदान गराइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया