चितवन–२ को मतगणना केही बेरमा शुरु हुने

लोकपथ
1.7k
Shares

चितवन । चासोको रुपमा हेरिएको चितवन क्षेत्र नं २ मा मतगणनाको तयारी गरिएको छ ।

सो क्षेत्रको सबै मतपेटिका संकलन भइ सर्वदलीय बैठक बस्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले लोकपथलाई जानकारी दिए ।

सर्वदलीय सहमतिपछि केही बेरमा मतगणना सुरु हुनेछ ।

‘केही बेरमा मतगणना सुरु हुन्छ । हामी सर्वदलीय बैठकको तयारी गरिरहेका छौँ ।’ उनले भने ।

सो क्षेत्रमा नेकपा एमालेका तर्फबाट कृष्णभक्त पोखरेल, कांग्रेसका तर्फबाट उमेश श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रवी लामिछाने चुनावी मैदानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?