काठमाडौं । नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा मतगणनाको तयारी गरिएको छ ।
सो क्षेत्रमा पर्ने सबै केन्द्रहरुबाट मतपेटिका संकलनको काम भइरहेको र त्यसपछि आवश्यक प्रक्रिया पूरा गर्ने काम गएपछि सर्वदलीय बैठक बस्नेछ ।
सम्भवत आजै मत गणना हुनसक्ने नुवाकोट–२ का प्रमुख निर्वाचन अधिकृत मदनबहादुर धामीले लोकपथलाई जानकारी दिए ।
‘सबै केन्द्रबाट मतपेटिका ल्याउने क्रम जारी छ। हामी त्यसको रुजु गर्ने काम गर्नेछौँ ।’ उनले भने ।
रुजुको काम सकिएर सर्वदलीय बैठकपछि आजै गणनाको काम शुरु हुने सम्भावना रहेको छ ।
सबै प्रक्रियाको काम सकिएपछि सर्वदलीय सहमतिअनुसार सम्भवतः आजै मतगणनाको काम शुरु हुन्छ ।’ उनले भने ।
सो क्षेत्रमा कुल मतदाताको ५० प्रतिशत मत खसेको छ ।
नुवाकोट–२ मा नेपाली कांग्रेसका तर्फबाट अर्जुननरसिंह केसी र नेकपा एमालेका तर्फबाट नारायणप्रसाद खतिवडा त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुमनविक्रम पाण्डे उम्मेदवार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया