काठमाडौं–१ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै

लोकपथ
245
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नं १ को मतगणनाको तयारी गरिएको छ ।

सबै केन्द्रको मतपेटिका ल्याउने काम सम्पन्न भइसकेको छ ।

केहीबेर अघि सो क्षेत्रको सबै मटपेटिका संघीय संसद भवन नयाँ बानेश्वर ल्याइएको र सर्वदलीय बैठक बस्न लागिएको काठमाडौं–१ का प्रमुख निर्वाचन अधिकृत राजुकुमार खतिवडाले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार सो क्षेत्रमा ५५ प्रतिशत मत खसेको र सर्वदलीय बैठकको सहमति भएसँगै मतगणना सुरु हुनेछ ।

सो क्षेत्रमा चर्चित अनुहारहरु चुनावी मैदानमा रहेका कारण सबैको ध्यान त्यतातिर रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?