डडेलधुरामा भोलिमात्रै मतगणना हुने

लोकपथ
238
Shares

डडेलधुरा । डडेलधुरामा सोमबार बिहानबाट मात्रै मतगणना शुरु हुने भएको छ ।

आइतबार (आज) सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा कुल मतदाताको ५६ दशमलव ६४ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार ९१ कुल २ सय १ मतदाता रहेकोमा कुल ५१ हजार ६ सय ६० मत खसेको उनले बताए ।

भौगोलिक विकटताका कारण आज मतपत्र आउन ढिलाइ हुने र सर्वदलीय सहमतिको आधारमा भोलि बिहानबाट मात्रै मतगणना हुनेछ ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेलधुराको निर्वाचनलाई चासोका साथ हेरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र रहेका कारण त्यहाँको निर्वाचन चासोका साथ हेरिएको हो । सो क्षेत्रमा देउवासहित अन्य केही स्वतन्त्र र अन्य राजनीतिक दल नेताको समेत उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?