काठमाडौं । निर्वाचन आयोग नेपालले देशका रोकिएको स्थानको मतदान २ दिनभित्र गर्न निर्देशन दिएको छ ।
आयोगले पत्रकार सम्मेलन गर्दै रोकिएका स्थानमा २ दिनभित्र मतदान गर्न निर्देशन दिएको हो ।
बिहान ७ बजेबाट साँझ ५ बजेसम्मका लागि निर्वाचनको समय तोकिएको थियो । तर सो समयमा १५ मतदान केन्द्रमा विवाद उत्पन्न भएसँगै मतदान कार्य रोकिएको थियो । आयोगले ५ बजेसम्म मतदान नसकिएको अवस्थामा मतदान सकिएको सूचना टाँस नगर्न आग्रह गरेको थियो ।
केही स्थानमा बाहेक देशैभरको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया