काठमाडौं । आम निर्वाचनलाई लक्षित गर्दै सरकारले तीन दिन सार्वजनिक विदा दिने घोषणा गरेको छ । आज गृहमन्त्रालयले एक सूचना जारी गर्दै मंसिर ४ गते आइतवार हुन लागेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदानस्थल रहेका निकायहरुमा विदा दिने निर्णय गरेको हो ।
गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोख्रेलद्वारा हस्ताक्षर गरिएको उक्त सूचना अनुसार शिक्षण संस्था तथा विद्यालयहरु २ देखि ५ गते र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरु ४ र ५ गते बन्द रहने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया