काठमाडौं । इनड्राइभले नेपालमा सञ्चालन गरेको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १ हजार ५ सयभन्दा बढी ड्राइभर पार्टनरले पूरा गरेका छन् ।
ड्राइभरलाई सडक सुरक्षा, व्यावसायिक व्यवहार र आपतकालीन अवस्थामा अपनाउनुपर्ने सुरक्षाका उपायबारे जानकारी दिने उद्देश्यले यो तालिम सञ्चालन गरिएको इनड्राइभले जनाएको छ ।
मोबाइलबाटै करिब २० मिनेटमा पूरा गर्न सकिने यो कोर्समा सुरक्षित रूपमा सवारी चलाउने, यात्रुसँग व्यावसायिक व्यवहार गर्ने र यात्राका क्रममा आइपर्न सक्ने विभिन्न परिस्थितिलाई सम्हाल्नेबारे जानकारी दिइन्छ । कोर्स पूरा गर्ने ड्राइभरले डिजिटल प्रमाणपत्रसमेत पाउने गरेका छन् ।
कोर्समा तीनवटा मुख्य विषय समेटिएका छन् । पहिलो मोड्युलमा यात्रुसँग सुरक्षित र सम्मानजनक व्यवहार तथा व्यावसायिक सीमा कायम गर्नेबारे जानकारी दिइएको छ ।
दोस्रो मोड्युलमा रक्षात्मक ड्राइभिङ, बढी ट्राफिक हुने क्षेत्र तथा अपरिचित स्थानमा अपनाउनुपर्ने सावधानी र सडक सुरक्षाका आधारभूत विषय समेटिएका छन् ।
त्यस्तै, तेस्रो मोड्युलमा आपतकालीन अवस्थामा अपनाउनुपर्ने सावधानी, घटना रिपोर्ट गर्ने तरिका र इनड्राइभ एपमा रहेको एसओएस सुविधा प्रयोग गर्नेबारे जानकारी दिइएको छ ।
इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जिमी राईले १ हजार ५ सयभन्दा बढी ड्राइभरले कोर्स पूरा गर्नु महत्वपूर्ण उपलब्धि भएको बताइन् ।
उनका अनुसार ड्राइभरहरू दैनिक लामो समय सडकमा रहने भएकाले उनीहरूलाई व्यवहारमा उपयोगी हुने सुरक्षा जानकारी दिन आवश्यक छ ।
इनड्राइभ नेपालकी कम्युनिकेसन्स म्यानेजर मञ्जीता गुरुङले ड्राइभरले आफ्नो नियमित कामबाट धेरै समय छुट्याउन नपरोस् भनेर कोर्सलाई छोटो, सरल र सहज बनाइएको बताइन् ।
इनड्राइभले ड्राइभर पार्टनरको सुरक्षा र व्यावसायिक विकासलाई प्राथमिकता दिँदै आगामी दिनमा पनि यस्ता तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया