रवीन्द्र मिश्रलाई अब आर्थिक सहयोग नचाहिने

लोकपथ
0
Shares

काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावका लागि अब आफूलाई आर्थिक सहयोग नगर्न आग्रह गरेका छन् । उनले शुभेच्छुक तथा समर्थकबाट हालसम्म चुनावका लागि लभगग २५ लाख रुपैयाँ संकलन भएको र त्यतिले चुनाव प्रचारप्रसार राम्ररी गर्न सकिने बताए ।
एक भिडियो सन्देशमार्फत उनले आफू निर्वाचन आयोगले तोकेको २५ लाखको सीमाभित्र रहन प्रतिबद्ध रहेको पनि बताए ।
‘निर्वाचन आयोगले तोकेको सीमा २५ लाख भन्दा म एक पैसा खर्च गर्न चाहान्नँ’, उनले भने, ‘लगभग लाख संकलन भएको छ । अब मैले दिएको खातामा सहयोग नगरिदिन आग्रह गर्दछु ।’
उनले निर्वाचन आयोगले तोकेको २५ लाख खर्चको सीमा सबै उम्मेदवारले कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?