निर्वाचनको सुरक्षा तयारी पूरा

लोकपथ
63
Shares

भक्तपुर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भक्तपुरमा सुरक्षा तयारी पूरा भएको छ । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहाद्रपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

उनले भक्तपुरमा निर्वाचनका लागि दुई हजार दुई सय १८ सुरक्षाकर्मी परिचालन हुने जानकारी दिइन् । यससँगै कमाण्ड, रिजर्भ र संयुक्त अनुगमन टोलीलागायत सम्पूर्ण सुरक्षाको तयारी पूरा भइसकेको उहाँले बताइन् ।सबै मतदान अधिकृतलाई निर्वाचन सामग्रीसहित मतदानस्थलमा पठाउनेसमेत तयारी पूरा भएको प्रजिअ शर्माले बताइन्।

भक्तपुरमा ७६ मतदानस्थलमा दुई सय १९ मतदान केन्द्र छन । जिल्लामा कूल एक लाख ९२ हजार तीन सय ७२ मतदाता छन् । जसमध्ये क्षेत्र नं १ मा ४९ हजार आठ सय ३९ पुरुष र ५१ हजार चार सय २२ महिला गरी एक लाख एक हजार दुई सय ६१ मतदाता छन । क्षेत्र नं २ मा ४४ हजार आठ सय ४४ पुरुष, ४७ हजार ६२ महिला र ५ अन्य गरी जम्मा ९१ हजार एक सय ११ मतदाता छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?