सावधान ! खोले पकाउने क्रममा सल्किएको आगोले घर जल्यो

लोकपथ
42
Shares

खोटाङ । गाईवस्तुका लागि खोले पकाउने क्रममा सल्किएको आगोले खोटाङमा एक घर जलेको छ ।

घर नजिकैको मतानमा खोले पकाउने क्रममा बालेको आगोबाट सुरु भएको आगोले जन्तेढुंगा गाउँपालिका–५ चिसापानी भोर्लेका रवीन राईको मतानका साथै घर पनि जलेको हो ।

आगोले घरको माथिल्लो तलामा राखिएको काठपातसहित करिब पाँच लाख बराबरको सामान नष्ट भएको प्रहरीको भनाइ छ ।

प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?