गलकोट । बागलुङ जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा सवारी नियम उल्लंघन गर्ने चालकलाई गरेको कारबाहीबाट १८ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत साउन, भदौ र असोज महिनामा मात्रै ट्राफिक नियम उल्लघंन गरेका दुई हजार आठ सय ५० चालकबाट सो राजस्व संकलन गरिएको ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीले बताए ।
कारबाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । उक्त अवधिमा नौ सय ७९ मोटरसाइकलबाट ६ लाख ३९ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ । तीन सय ८५ कार र जीपबाट ३ लाख ८८ हजार तीन सय ४९ रुपैयाँ, ट्रक तथा टिपरबाट २ लाख ४० हजार चार सय ९३ रुपैयाँ, ट्र्याक्टरबाट ३ लाख ४२ हजार चार सय १९ रुपैयाँ, बसबाट २ लाख ७४ हजार पाँच सय रुपैयाँ र अन्य २२ सवारी साधनबाट १३ हजार गरी १८ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।
पछिल्लो तीन महिनाको राजस्व अघिल्लो वर्षको तीन महिनाको तुलनामा झन्डै ८ लाख रुपैयाँ भन्दा बढी हो । ट्राफिक प्रहरी प्रमुख केसीले आफूहरुले बागलुङ बजारमा ट्राफिक जाम व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोे बताए । ट्राफिक सेचतानासँगै कारबाही हाम्रो अभियान हो, अहिले यातयात व्यवस्था कार्यालयको परीक्षास्थलमै ट्राफिक सचेतना गरिएको छ ।
उनले भने, ‘ठूलो आवाज निकाल्ने मोटरसाइकल चालकलाई विशेष कारबाही गरेका छौँ, नो पार्किङ, एकतर्फी पार्किङ तथा पार्किङ व्यवस्थापनसँगै दुर्घटना न्यूनीकरणमा हाम्रो ध्यान छ ।’ ट्राफिक प्रहरी प्रमुख केसीले मदिरा सेवन गरी सवारी साधन चलाउने, सवारी चालक अनुमतिपत्र र बिलबुकबिना चलाउने, दु्रत गतिमा चलाउने, सिट क्षमताभन्दा बढी यात्रु राख्नेलगायत चालक सवारीलाई कारबाही गरिएको बताए । उनले चाडपर्वको समयमा मापसे परीक्षणलाई बढी प्राथमिकता दिएको पनि जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया