यस्तो छ आजको फलफूल तथा तरकारीको बजारभाउ

लोकपथ
70
Shares

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको बजार भाउ निर्धारण गरेको छ ।

समितिकाअनुसार आज गोलभेँडा ७० देखि ८० रूपैयाँसम्ममा कारोबार भइरहेको छ । रातो आलुको मूल्य ४२ देखि ४३ रुपैयाँ छ ।

सुकेको प्याज ५२ देखि ५५ रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ । तने बोडी प्रति किलो १३० रुपैयाँदेखि १४० रुपैयाँका दरले कारोबार भइरहेको छ ।

लोकल घिउ सिमी प्रति किलो ८० देखि ९० रुपैयाँमा किनबेच भइरहँदा हाइब्रिड घिउ सिमी प्रति किलो १०० देखि ११० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?