दराजले सुरु गर्यो दराज क्लब

लोकपथ
14
Shares

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो नयाँ मेम्बर्शिप प्रोग्राम दराज क्लब सुरु भएको घोषणा गरेको छ । यो नयाँ सुविधामार्फत ग्राहकहरुले दराज एपबाट विशेष लाभहरू प्राप्त गर्न सक्नेछन् भने ग्राहकहरुले दराज एपमा प्रत्येक खरीदारी पछि जेम्स कमाउन सक्ने पनि कम्पनीले जनाएको छ ।

दराज क्लबको सदस्य बनेर ग्राहकहरूले उच्च जेम्स रिडेम्पशन, थप पुरस्कार र विशेष भाउचरहरू लगायतका अन्य फाइदाहरू प्राप्त गर्नेछन् । यी सुविधाहरू ग्राहकहरूले आफ्ना अर्डरहरूमा अतिरिक्त छुट प्राप्त गर्न र थप बचत गर्न कम्पनीको भनाई छ । दराज क्लब आईओएस र एन्ड्रोइड दुबै प्लेटफर्ममा उपलब्ध छ । नयाँ सुविधा प्राप्त गर्नको लागी ग्राहकहरुलाई आफ्नो दराज एप अपडेट गर्न अनुरोध गरिएको छ ।

क्लबमा सामेल हुनको लागि, ग्राहकहरूले डिसेम्बर ३१, २०२२ सम्म कम्तिमा २ हजार ५ सय जेम्सहरु संकलन गर्नुपर्नेछ । जुन दराजमा किनमेल गरेर कमाइन सकिन्छ । डिसेम्बर ३१ पछि, क्लबमा सामेल हुन आवश्यक पर्ने जेम्सहरुको न्यूनतम संख्या ३हजार ५ सयमा बढाइनेछ र दराज क्लबका सदस्यहरूले मात्र चेकआउटको समयमा छुटका लागि रत्नहरू प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?