महालक्ष्मी विकास बैंकद्वारा विभिन कार्यक्रम सम्पन्न

लोकपथ
14
Shares

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नाराका साथ वित्तिय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।

बैंकको कमाने शाखाद्वारा मकवानपुर जिल्लाको पुरानो अस्पताल हेटौंडा अस्पताललाई कुर्सी हस्तान्तरण गरिएको छ । हेटौंडा अस्पतालको नवनिर्मित भवनमा सेवा लिन आउने बिरामीहरुलाई सहजताहोस् भन्ने उद्देश्यले बैंकले उक्त कुर्सी प्रदान गरेको हो ।

साथै, बैंकको आबुँखैरेनी शाखाद्वारा आबुँखैरेनी – ६ मा अवस्थित श्री आबुँखैरेनी क्याम्पसलाई पङ्खा हस्तान्तरण गरिएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठन वातावरणमा सहजताका लागि १५ थान पङ्खा हस्तान्तरण गरेको हो ।

त्यसैगरि, बैंकको नारायणगढ शाखाद्वारा भरतपुर महानगरपालिका वडा नम्बर २ आँपटारी, मिलनटोलमा अवस्थित शिवालय मन्दिरलाई कुर्सी हस्तान्तरण गरिएको छ । मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरु र मन्दिर परिसरमा बिहान, दिउँसो र साँझमा घुम्न आउने जेष्ठ नागरिकहरुलाई आराम गर्न सहयोग होस् भन्ने हेतुले बैंकले उक्त कुर्सीहरु मिलन टोल विकास संस्थालाई प्रदान गरेको हो ।

उल्लेखित कार्यक्रम सँगसँगै बैंकको मैतिदेवी शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा अवस्थित मैतिदेवी मन्दिरमा सि. सि. क्यामेरा जडान गरिएको छ । मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरु साथै मन्दिर परिसरको सुरक्षाका निम्ति बैंकले मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिसँग समन्वय गरी २ थान सि. सि. क्यामेरा जडान गरेको हो ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?