काठमाडौं ७ मा रामवीर मानन्धरले दिए बागी उम्मेदवारी

लोकपथ
553
Shares

काठमाडौं । काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर ७ मा एमालेका रामबीर मानन्धरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । पार्टीले आफूलाई टिकट नदिएको भन्दै उनले बागी उम्मेदवारी दर्ता गराएका हुन् ।

दुईपटक निर्वाचित सांसद तथा पूर्व मन्त्री समेत रहेका मानन्धरलाई टिकट नदिएर एमालेले यो क्षेत्रमा श्याम घिमिरेलाई टिकट दिएपछि उनी असन्तुष्ट बनेका हुन् । ‘पार्टीले २ दिनभित्र यसबारेमा नसोचे मेरो उम्मेदवारी कायमै रहन्छ,’ उनले भने, ‘म यो क्षेत्रमा आरामले चुनाव जित्थेँ, जित्नेलाई टिकट नदिएका कारण मैले स्वतन्त्र उम्मेदवारी दिन बाध्य भएँ ।’

यता गठबन्धनबाट भने माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले उम्मेृदवारी दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?