काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आगामी निर्वाचनमा काठमाडौं –४ छोडेर सर्लाही–४ बाट चुनाव लड्ने भएका छन् । २०७० र ०७४ को निर्वाचनमा काठमाडौं ४ बाट संसद छिरेका थापाले यसपाली भने सर्लाही ४ रोजेका हुन् ।
पाँच दलीय गठबन्धनले गगनलाई काठमाडौं ४ बाट चुनाव लड्नका लागि छाडेको भए पनि पछिल्लो समय बनेको समीकरणअनुसार उनी सर्लाही-४ बाट चुनाव लड्ने लगभग पक्कापक्की भएकाे कांग्रेस उच्च स्राेतले जनाएकाे छ ।
थापा सर्लाही–४ बाट एकल उम्मेदवार सिफारिस भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया