प्रचण्डले छोडेको चितवन–३ मा माओवादीको तर्फबाट डा. भोजराज उम्मेदवार बन्ने

लोकपथ
168
Shares

काठमाडौं । भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीलाई माओवादी केन्द्रले चितवन–३ बाट उम्मेदवार बनाउने भएको छ । २०७४ को निर्वाचनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जित निकालेको यो क्षेत्रमा डा. अधिकारीलाई उम्मेदवार बनाउन माओवादीले तयारी थालेको हो ।

सो निर्वाचन क्षेत्र सत्ता गठवन्धनका तर्फबाट माओवादीको भागमा परेको छ । प्रचण्ड नै यसक्षेत्रमा उठ्ने चर्चा चले पनि अन्त्यमा उनी गोरखा–२ बाट निर्वाचन लड्ने निर्णय गरेका छन् ।

त्यसैले चितवन ३ मा माओवादीका तर्फबाट भरपर्दो उम्मेदवार नपाएपछि प्रचण्डले डा. अधिकारीलाई अस्पतालको अध्यक्ष पदबाट राजीनामा गराएर उम्मेदवार बनाउन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?