एस.जी ग्रुप अन्तर्गत ओम मोटोकर्प प्रा.लि.ले गत वर्ष नेपाली वजारमा भित्राएको इटालियन डिजाइनमा निर्मित टारो व्राण्डका मोटरसाइकल तथा स्कुटरको काठमाडौं र हेटौंडा पश्चात पूर्वाञ्चलको इटहरीमा आफ्नो थप शाखा शोरुम विस्तार गरेको छ । विश्वकर्मा पूजाको विशेष दिनलाई लक्षित गर्दै एक औपचारिक समारोहको साथ विभिन्न मिडियाकर्मी तथा इटहरीका विशेष अतिथिका वीच कम्पनीका म्यानेजिङ डाइरेक्टर श्री सुदिप घिमिरेद्धारा उक्त शोरुमको उद्घाटन गरिएको हो ।

आकर्षक लुक्स तथा उच्चतम प्रविधिमा निर्मित टारो व्राण्डका मोटरसाइकल तथा स्कुटरको चासो पूर्वाञ्चलबाट अधिक आएको र ग्राहकको उक्त चाहना पूरा गर्न कम्पनीले उक्त शोरुमको विस्तार गरेको जानकारी कम्पनीले दिएको छ । टारो व्राण्ड इटालियन डिजाइन र प्रविधिमा निर्मित भई विभिन्न देशमा विक्रि वितरण भइरहेको प्रचलित व्राण्ड हो । रेस इडिशनमा निर्मित टारोका वाइकहरु तथा स्कुटरहरु नेपाली युवाहरु माझ लोकप्रिय रहने विश्वास कम्पनीको रहेको छ । हाल कम्पनीले टारो व्राण्डका GP 2 200, GP 1 250 र GP 1 400 Cc गरी तीन मोडलका वाइक नेपाली वजारमा विक्रि वितरण गर्दै आएको छ, झने स्कुटरको हकमा १५० Cc का दुई मोडल Imola 150 र Alex T9 150 ग्राहकको लागी उपलब्ध गराएको छ । यस व्राण्डका मोटरसाइकल तथा स्कुटरमा विशेषता स्वरुप CBS Braking, Keyless Ignition, EFI, Under seat exhaust, TFT display, Aerodynamically Built, Projector headlamp आदि रहेका छन् । कम्पनीले आउने १ महिना भित्र विक्रि पछिको सेवालाई समेत विस्तार गर्ने योजना बनाएको छ ।
दशैं तिहारको अफर अन्तर्गत Taro ब्राण्डको Imola 150 खरीदमा रु.१५,०००।–, GP 2 200 खरीदमा रु.३०,०००।– र GP 1 250 खरीदमा रु.२०,०००।– छुटका अफर लागू हुनेछ । साथै बम्पर अफरमा यस अवधिभर खरीद गर्नुहुने ग्राहकहरु मध्ये एक जना भाग्यशाली ग्राहकलाई ५ वर्षको सवारी कर तथा बिमा निःशुल्क गरिने कम्पनीले जनाएको छ। ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया