इंग्लिस प्रिमियर लिग: म्यान्चेस्टर युनाइटेड र उल्भरह्याम्पटनले अंक बाड्यो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेड र उल्भरह्याम्पटनबीचको खेल भने बराबरी सकिएको छ । 

आफ्नो घरेलु मैदान ओल्डट्राफोर्डमा शनिवार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले उल्भरह्याम्पटनसँग एक-एक गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । खेल शुरु भएको १८ मिनेटमा नै म्यान्चेस्टर युनाइटेडले खेलमा अग्रता लियो ।

खेलको १८ औँ मिनेटमा फेडरिको सान्तोषले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म म्यान्चेस्टर युनाइटेडले खेलमा एक-शुन्यको अग्रता लिएको थियो । 

दोस्रो हाफमा सुधारिएको खेल खेलको उल्भरह्याम्पटनका लागि खेलको ५३ औँ मिनेटमा जो मौटिन्होले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको निर्धारित समयसम्म दुवै क्लबले केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेनन् र खेल एक-एक गोलको बराबरीमा सकियो । 

बराबरीपछि १० अंक बनाएको म्यान्चेस्टर युनाइटेड लिगको छैँटो स्थानमा छ भने उल्भरह्याम्पटन ९ अंक सहित दशौ स्थानमा छ । त्यस्तै, शनिवार राति नै भएको अर्को खेलमा बर्नलेले एएफसीले बर्नमाउथलाई ४–० गोल अन्तरले पराजित गर्‍यो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?