काठमाडौं । विवादमा परेपछि राजीनामा दिएका जनार्दन शर्मालाई पुनः अर्थमन्त्री नियुक्त गर्ने तयारी गरिएको छ ।
बजेट निर्माणका क्रममा बाहिरि व्यक्तिहरुलाई अर्थमन्त्रालयमा प्रवेश गराएको भन्ने आरोपपछि राजीनामा दिएका शर्मालाई पुनः अर्थमन्त्री बनाउने तयारी गरिएको हो ।
सो विषयमा छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।
माओवादी केन्द्रबाट पुनः शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्ने प्रस्तावसहित प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको स्रोतले जनाएको छ ।
गत जेठ १४ गते राति अर्थमन्त्रालयमा बाहिरि मान्छेहरुलाई अर्थमन्त्रालय प्रवेश गराएर करको दर हेरफेर गर्न लगाएको भन्ने तथ्य बाहिरिएपछि शर्माले राजीनामा दिएका थिए ।
छानबिन समितिले समेत बजेट निर्माणको क्रममा कुनै पनि व्यक्तिको प्रवेश नगराइएको निष्कर्षपछि पुनः उनलाई पुनः अर्थमन्त्रीमा नियुक्त गर्न लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया