एमाले सचिवालय बैठक सुरु, केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरिँदै

लोकपथ
35
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालयका पदाधिकारी सहभागी छन् ।

आजैदेखि सुरु हुने पार्टीको केन्द्रीय कमिटी बैठकका लागि आवश्यक एजेन्डा तय गर्न सचिवालय बैठक बसेको हो । बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत गरिने विभिन्न विषयमा छलफल गरी एजेन्डा तयार गर्नेछ ।

सचिवालय बैठकपछि आजै केन्द्रीय कमिटी बैठक बस्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?