अमेरिकी दूतावासले भन्यो–‘एसपीपीबारे सरकारको निर्णयलाई पूर्णरूपमा स्वीकार गर्छौं’

लोकपथ
77
Shares

काठमाडौं । स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नेपालले अस्वीकार गरेको भन्ने पत्र आफूलाई प्राप्त भइसकेको अमेरिकाले जनाएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले आफूलाई पत्र प्राप्त भइसकेको जनाएको हो ।

सरकारले असार ६ गते मन्त्रिपरिषद् बैठकबाटै एसपीपीमा सहभागी नहुने निर्णय गरेको जनाएको थियो । एसपीपी सम्बन्धमा सरकारले उक्त निर्णयपछि अमेरिकी सरकारलाई पत्राचार नगरेको भन्दै आलोचना हुँदै आएको थियो ।

सांसदहरुले निरन्तर प्रश्न उठाउदै आएपछि सभामुख अग्नि सापकोटाले यसबारे जानकारी गराउन पनि रुलिङ गरेका थिए । परराष्ट्रमन्त्री डा.नारायण खड्काले प्रतिनिधिसभामा शुक्रबारै बोल्दै परराष्ट्र मन्त्रालयले साउन ९ मा एसपीपीमा सहभागी नहुने भन्दै अमेरिकी सरकारलाई पत्राचार गरिसकेको जानकारी दिएका थिए ।

एसपीपीबारे नेपाल सरकारबाट भएको निर्णयलाई पूर्णरूपमा स्वीकार गर्ने अमेरिकी दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?