बाबुरामले निर्वाचन आयोगमा दर्ता गराए नेपाल समाजवादी पार्टी

लोकपथ
63
Shares

काठमाडाैं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् ।

जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराईले नयाँ पार्टी दर्ता गरेका हुन् ।

भट्टराईले २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्तिबाट आँखा चुनाव चिन्हमा लडेर जितेका थिए ।

जसपामा विवाद भएपछि पछिल्लो समय उपेन्द्र यादव र भट्टराई सौहार्दपूर्ण वातावरणमा अलग हुने सहमति गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?