काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कारागार विधेयक, २०७९ मा कारागारको भौतिक पूर्वाधार सुधार र कैदीबन्दीहरुको लागि प्रजजन अधिकारलाई विधेयकले समेटेको बताएका छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा कारागार विधेयक–२०७६ माथि छलफलका क्रममा आएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री खाँणले कारागार भित्रका बन्दीहरु पनि नागरिक भएकाले उनीहरुलाई मानवीय व्यवहार गरिनुपर्ने बताए ।
उनले केही कारागारहरु घरेलु उत्पादनमा जोडिएपनि उनीहरुलाई राष्ट्रिय उत्पादनमा कसरी जोड्ने भन्ने विषयमासमेत कारागार विधेयकले समेटेको बताए । उनले अधिंकाश बन्दीगृहहरु सहरको मध्यभागमा रहेको भन्दै अब बन्ने बन्दी गृहलाई खुला ठाउँमा बनाउने योजनामा सरकार रहेको बताए ।
विधेयकमा खुला कारागाारको व्यवस्थासहित महिला बन्दीहरुलाई प्रजजनको अधिकारको व्यवस्था गरिएको बताउँदै उनले कैद भुक्तान गरिसकेपछि उनीहरुलाई घर परिवारमा कसरी समायोजन गर्न सक्ने भन्ने योजना पनि समेटिएको बताए ।
गृहमन्त्री खाँणले कारागारको भौतिक पूर्वाधारमा व्यापक सुधार गर्नुपर्ने खाँचो औंल्याएका छन् । बन्दी गृहलाई सुधारगृह बनाउनुपर्नेमा उनले जोड दिए । राष्ट्रिय सभामा दफावार छलफलपछि आजको बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७९’ पारित गरेको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले ‘शपथसम्बन्धी विधेयक, २०७९ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया