गाई चिन्ह नदिने आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

लोकपथ
77
Shares

काठमाडौं । सर्वाेच्च अदालतले राप्रपा नेपाललाई गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश दिएको छ । सर्वाेच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार चुँडालको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

अध्यक्ष गणेश थापाले गाई चुनाव चिन्ह चाहियो भनी निर्वाचन आयोगमा निवेदन दिएका थिए । गत असार २७ गते आयोगले गाई चिन्ह दिन नमिल्ने बताएको थियो । यद्यपि, आयोगले किन मिलेन भनी स्पष्ट भने पारेको थिएन ।

आयोगका निर्णयविरुद्ध थापाले सर्वाेच्चमा रिट हालेका थिए । थापाको रिटमा सुनुवाइ गर्दै सर्वाेच्चको संयुक्त इजलासले २७ गतेको निर्णय कार्यान्वयन नगर्नू भनी अन्तरिम आदेश शुक्रबार दिएको थियो ।

यो मुद्दा चाँडै टुंगो लगाउनुपर्ने भएकाले लिखित दबाब परेको सात दिनपछि निरन्तर सुनुवाइ गर्न सर्वाेच्चले आदेश पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?