काठमाडौं र धरानमा उदाएका युवाहरुको भाषा बुझ्न जरुरी छ : सभामुख सापकोटा

लोकपथ
105
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले युवाहरुको आवाजलाई अहिले सिंगो राष्ट्रले बुलन्द गरिरहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् ।

उनले अहिले राष्ट्रमा काठमाडौं र धरान लगायतका स्थानमा युवाहरुको आवाजरुपी संकेतको रुप देखापरेको बताए । सभामुख सापकोटाले युवाहरुको आवाज बुलन्द गर्ने छिटपुट संकेत देखा परेपनि साइरनरुपी यी संकेतको भाषा बुझ्न आवश्यक रहेको बताए ।

उनले पर्याप्त फलफूल, तरकारी, खाद्यान्न उत्पादन गर्ने नेपालजस्तो उर्वरभूमिमा २ खर्ब ५० करोडको खाद्यवस्तु आयात हुनु दुःखद् भएको बताए । सभामुख सापकोटाले भने, ‘हामी कति विडम्बनापूर्ण स्थितिमा बाँचिरहेका छौ भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि असाध्यै ठूलो मात्रामा उत्पादन गर्न सक्छौ तर, गुन्द्रुकसमेत अन्तबाट आयात गर्छौं ।

हामी २ खर्ब ५० करोडको खाद्यवस्तुहरु आयात गर्छौं । यो भन्दा लज्जा र चिन्ताजनक स्थिति के हुन्छ ।’सभामुख सापकोटाले विश्वभर अराजकता र एक प्रकारको अन्तरबिरोध मडारिन थालेको बताए । उनले संसारको ध्यान व्यापार, हतियारको होडबाजी र सैन्य क्षेत्रमा नै केन्द्रित भइरहेको बताए ।

सभामुख सापकोटाले जलवायु परिवर्तनको असर, प्रभावका बारेमा विश्लेषण गर्ने र बच्नेतिर ध्यान दिन नसके ठूलो दुर्घटना हुने बताए । उनले नेपालले अहिले हरित क्रान्तितिर नै ध्यान दिनुपर्ने आवश्यकता रहेको भन्दै पर्यावरण र वातावरण संरक्षणमा ध्यान दिन अति जरुरी भएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?