दलहरु राजनीतिक स्वार्थ प्रेरित भएकाले राष्ट्रियता खतरामा पर्दै गयो : नेता श्रेष्ठ

लोकपथ
35
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा आपत्ति जनाउँदै सरकार र सत्तारुढ गठबन्धनप्रति आक्रोश व्यक्त गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो विधेयक पारित गराउन नहुने विषयमा आफूले पार्टीमा, राष्ट्रियसभामा बोलेपनि त्यसलाई बेवास्ता गरेर पारित गरिएको गुनासो समेत गरे ।

उनले अन्तरबस्तु र पद्धति दुवै हिसाबले गलत ढंगले सो विधेयक प्रतिनिधिसभाबाट सरकारले र सत्तारुढ गठबन्धनले पारित गराएकोमा सत्तारुढ गठबन्धनकै एक वरिष्ठ नेता श्रेष्ठले आक्रोश प्रकट गरे । दलहरुमा बैचारिक–राजनीतिक स्खलन भएपछि यस्तो अवस्था आएको नेता श्रेष्ठको भनाई थियो ।

उनले भने, ‘अहिलेको गठबन्धन सरकारले नागरिकतासम्बन्धि विधेयक यसरी ल्याउन मिल्छ? यो अन्तरबस्तु र पद्धति दुवै कोणबाट गलत छ भन्ने कुरा मैले त यो पारित गर्नु अघि नै राखेको छु, राष्ट्रिय सभामा बोलेको छु त । पारित गर्नुअघि ठाउँमा बोल्नु छैन । आफ्नो पार्टीमा पनि राखे । राष्ट्रियसभामा पनि बोले । त्यो पारित भएपछि किन गलत छ भनेर त मैले सार्वजनिक बहस गरिसके त ।

यस सम्बन्धमा विचारको समस्या होईन । बैचारिक–सांस्कृतिक स्खलनको समस्या हो । निष्ठा कमजोर हुँदै गएको समस्या हो । तत्कालिक राजनीतिक स्वार्थहरुबाट प्रेरित हुँदै गएको समस्या हो । त्यसको कारणले चुनौति बढेको हो । र, खतरा पैदा भएको हो ।’
नेता श्रेष्ठले दलहरुले तत्कालिक राजनीतिक स्वार्थ प्रेरित भएर अघि बढ्ने गरेकाले पनि मुलुकको राष्ट्रियता खतरामा पर्दै गएको दोहोर्‍याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?