नेपालमा बढ्दै कोरोना संक्रमितको ग्राफ, थप ३४७ जनामा संक्रमण, सक्रिय संक्रमित ३ हजार नाघे

लोकपथ
140
Shares

काठमाडौं । नेपालमा केही दिन यता कोरोना संक्रमण उकालो लाग्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा थप ३ सय ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

३ हजार ८ सय ८८ जनाको परीक्षण गर्दा थप ३ सय ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ९५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप दुईजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ७७ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?