कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा प्रहरीको लापरवाही देखिएको उच्चस्तरीय छानबिन समितिले निष्कर्ष निकालेको छ ।
निर्मलाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानको मुख्य पाटोलाई छोडेर लापवाही गरेको बताउँदै छानबिन समितिका संयोजक हरिप्रसाद मैनाले भने, ‘अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीहरुबाट गर्नुपर्ने काम नगरेको र गर्न नहुने काम गरेको पनि देखियो ।’
शुक्रबार पत्रकार सम्मेलन गरी समितिका संयोजक मैनालीले प्रहरीले घटनाको शंकास्पद पाटोलाई बेवास्ता गर्दा आन्दोलनले गम्भीर रुप लिएको छानविन समितिले निष्कर्ष निकालेको हो ।
अनुसन्धानका क्रममा भेटिएका तथ्यहरु नयाँ अनुसन्धान टोलीलाई दिएको समितिका संयोजक मैनालीले जानकारी दिए ।
साथै उनले तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको कमी कमजोरी देखिएकाले निलम्बन गरिएको बताए ।
अनुसन्धानमा खटिएका अन्य प्रहरीको लापरवाही देखिए कारबाहीका लागि सिफारिस गर्ने मैनालीले बताए ।
छानविन समितिको म्याद आजै सकिने भएकोले टोली आजै काठमाडौं फर्किँदै छन् ।
उनले छानबिन समितिले ३–४ दिन भित्र अनुसन्धानको प्रतिवेदन तयार पारेर गृह मन्त्रालयलमा बुझाउने संयोजक मैनालीले बताए ।
गत साउन १० गते निर्मलाको बलात्कारपछि हत्या भएको थियो । उनको शव भोलिपल्ट बिहान उखुबारीमा फालिएको अवस्थामा भेटिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया