सदस्य राष्ट्रहरुबीच संयुक्त सैन्य अभ्यास गर्ने निर्णय भएको छैन : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिम्सटेक शिखर सम्मेलनमा सदस्य राष्ट्रहरुबीच संयुक्त सैन्य अभ्यास गर्ने निर्णय नभएको बताएका छन् । 

गत साता भएको बिमस्टेक शिखर सम्मेलनमा भारतले संयुक्त सैन्य अभ्यासको प्रस्ताव राखेपनि त्यस सम्बन्धमा कुनै पनि निर्णय नगरिएको परराष्ट्रमन्त्री ज्ञवालीले स्पष्ट पारेका हुन् ।  

शुक्रबार प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले समितिका सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिँदै दक्षिण एशीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउन नेपाल प्रतिवद्ध रहेको पनि बताए । ‘सार्कलाई बिम्सटेकको विकल्पमा रुपमा लिनुहुन्न भन्ने मान्यतामा सरकार दृढ रहेको छ,’ उनले भने ।

त्यस्तै बिम्सटेक शिखर सम्मेलनमार्फत् नेपालले कनेक्टिभिटी, व्यापार र लगानीलाई मुख्य जोड दिँदै १८ बुदेँ काठमाडौँ घोषणा पत्र कार्यान्वयन गरि सम्पन्न भएको थियो । अर्को बैठक श्रीलंकामा बस्ने तयारी भइरहेको पनि मन्त्री ज्ञवालीले बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?