काठमाडौं । बिहीवार साँझ बालाजुबाट पक्राउ परेका ‘बाघे’ भन्ने सुकबहादुर तामाङलाई पुनः केही सार्वजनिक मुद्दा अन्तर्गत कानुनी कारबाहीको तयारी भइरहेको छ ।
गुण्डागर्दी गर्नुका साथै एक व्यक्तिलाई धम्की दिएको अभियोगमा पक्राउ परेका बाघेलाई प्रहरीले पटकपटक पक्राउ गरी केही सार्वजनिक मुद्दा अन्तर्गत कानुनी कारबाही गर्दै आएको छ ।
केही सार्वजनिक मुद्दा अन्तर्गत बाघेलाई २१ दिन हिरासतमा राख्न सक्ने कानूनी व्यवस्था रहेको छ । प्रहरी हिरासतमा २१ दिन बिताएपछि बाघे स्वत रिहा हुनेछन् ।
सर्वसाधारणले गुण्डाहरुको पक्राउ प्रहरी र गुण्डाहरुबीचको आर्थिक लुकामारिको संज्ञा दिएका छन् । गुण्डागर्दी वा धम्की दिएको भए सोही अनुसार कारबाही गर्न सकिन्छ तर, बाघेलाई भने पटक–पटक पक्राउ गरी सार्वजनिक मुद्दा लगाए छोड्ने चलन रहेको छ ।
बालाजु रानीवनक्षेत्रमा गिट्टी रोडा, बालुवा र रड लगायत निर्माण सामाग्रीको डिपो सञ्चालन गर्दै आएका बाघेसँग वार्गेनिङ गर्न प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दाको नामक गर्ने गरेको भनाई सर्वसाधारणको छ ।
तर, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक मोहन थापाले बाघे विरुद्ध एक व्यक्तिले उजुरी दिएकाले सोही अनुसार कानुनी कारबाहीको तयारी भइरहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया