नेपाल एयरलाइन्सको एयरबस विमानले केही दिन उडान नगर्ने

काठमाडौं । नेपाल एयरलाइन्सको एयरबस विमानले केही दिन उडान भर्न नसक्ने भएको छ । 

बिहीबार मलेसियाबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चरासँग ठोकिएको ‘एयरबस ए ३२० ए के डब्लू ग्राउण्डेड’ विमानले केही दिनसम्म उडान भर्न नसक्ने भएको नेपाल वायुसेवा निगमले जानकारी दिएको हो । 

चरासँग ठोक्किँदा विमानको पखेटामा क्षति पुगेकाले एयरबस कम्पनीसँग छलफल गरी मर्मत गर्नुपर्ने भएकाले विमान केही दिन उडान भर्न नसक्ने भएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?