बाघको आक्रमणबाट घाइते तारालाई थप उपचारको लागि काठमाडौं पठाइयो

गुल्मी । बाघको आक्रमणबाट घाइते भएकी ३१ वर्षीया ताराकुमारी पोखरेललाई उपचारका लागि काठमाडौं पठाइएको छ  । 

गुल्मी धुर्कोट गाउँपालिका–४ बस्ने पोखरेले बिहीवार बिहान बाघले आक्रमण गर्दा उनलको टाउको, नाक र घाटीमा गम्भीर चोट लागेको छ ।

बाख्रा निकाल्ने क्रममा उनलाई बाघले आक्रमण गरेको थियो । 

बुधबार राति बाख्राको खोरभित्र पसेको बाघ बिहान बाख्रा निकाल्ने क्रममा बाख्रासँगै बाहिर निस्किने क्रममा तारालाई आक्रमण गरी सख्त घाइते बनाएको प्रहरीले जानकारी दिएको छ । 

उनको जिल्ला अस्पताल गुल्मीमा उपचारपछि थप उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?