गोरखा । गोरखाको पालुङटारमा हिमानी ट्रस्टद्वारा निर्मित भवनी माविको नयाँ भवन हस्तान्तरण गरिएको छ ।
हिमानी कोष र बुद्धिस्ट अर्गनाइजेसन र जुडो शुले संयुक्त रुपमा बनाएको विद्यालय भवनको पूर्व रानी कोमल शाहले बिहीवार एक कार्यक्रमका बीच सो भवनको उद्घाटन गरिन् ।

भवन हस्तान्तरण कार्यक्रममा पूर्व युवराज पारस शाह र पूर्व युवराज्ञी हिमानी शाह लामो समयपछि एकै साथ पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।
साथै सो कार्यक्रममा पूर्व रानी कोमल, पारस शाह, हिमानी शाह र प्रेरणा शाह बिहीवार बिहान पालुङटार पुगेका थिए ।
करिब ५ करोड रुपैयाँको लगानीमा ८ कोठे विद्यालय भवन बनाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया