फोहोरबाट ग्यास र मल उत्पादन गरी आर्थिक विकास गरिन्छ : मन्त्री चौधरी

लोकपथ
49
Shares

सहरी विकास मन्त्री मेटमणि चौधरीले फोहोरबाटै ग्यास, मल लगायत पदार्थको उत्पादन गरी आर्थिक विकास र रोजगारी समेत सिर्जना गर्ने बताएका छन् ।

मंगलबार मन्त्रालयमा आयोजित फोहोर मैला व्यवस्थापनमा क्रियाशील नेपालकै पहिलो कम्पनी ‘भेन्चर वेष्ट टु इनर्जी’ को विज्ञ टोलीसँग चौधरीले फोहोरको दीर्घकालीन समाधान गर्ने बताएका हुन् ।

फोहोर व्यवस्थापनमा गम्भीर देखिएका मन्त्री चौधरीले भने, ‘हामीले गफ धेरै गर्यौँ । अब काम गरौँ । काठमाडौँको फोहोर मात्रै होइन देशैभरीको फोहोरलाई व्यवस्थित ढंगले व्यवस्थापन गरौँ । फोहोर बाटै ग्यास, मल लगायत पदार्थको उत्पादन गरी आर्थिक विकास र रोजगारी समेत सिर्जना गर्नेतिर ध्यान दिनतर्फ सोचौँ । मन्त्रालय फोहोरको स्थायी समाधान गर्न तयार छ ।’

भेन्चर वेष्ट टु इनर्जीले नेपालमा ५५ देखि ६५ प्रतिशत सम्म कुहिने फोहोर, २५ प्रतिशतसम्म रिसाइकलयोग्य फोहोर र बाँकी काम नलाग्ने खालको फोहोर उत्पादन हुने बताएको थियो । काठमाडौँमा मात्र फोहोरबाट वर्षेनी ६८ लाख लिटर पेट्रोल विस्थापित गर्न सकिने अनुमान प्रक्षेपण गरेको छ भने दैनिक १५ टन मल उत्पादन हुन सकिने जनाएको छ ।
धरान उपमहानगर पालिकासँगको सहकार्यमा फोहोर व्यवस्थापन गरिरहेको उक्त संस्थाले हालै दैनिक रुपमा फोहोर मैलाबाट जैविक इन्धन उत्पादन गर्न सुरु गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?