कस्तुरीको विना जस्तो देखिने वस्तु सहित पक्राउ

लोकपथ
14
Shares

काठमाडौं । कस्तुरीको विना जस्तो देखिने वस्तु सहित काठमाडौं महानगरपालिका-२६ नया बसपार्क बस्ने जुम्ला सिंजा गाउपालिका-४ घर भएका ४९ वर्षीय नरबहादुर बुढालाई सोमबार दिउ“सो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित बर्गर हवमा कस्तुरीको विना बेचबिखन तथा ओसारपसार गर्दै गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले जाच गर्ने क्रममा नरबहादुरको साथबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानको लागि बन कार्यालयमा पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?