कोरोना संक्रमणको जोखिम बढ्दै, थपिए १२१ संक्रमित

लोकपथ
49
Shares

काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै नेपालमा थप १२१ ज्नामा कोरोना संक्रमण पुष्टि भएको हो ।
देशभर ३ हजार ५४ जनाको परीक्षण गर्दा १०४ जनाको पीसीआर र १७ जनामा एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि शनिबार नेपालमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टामा थप ३१ जना कोरोना संक्रमणमुक्त भएको तर कसैको पनि मृत्यु नभएको मन्त्रालयको भनाइ रहेको छ ।

पछिल्ला दिनहरुमा संक्रमितको संख्यामा कमि आएसँगै सक्रिय संक्रमितको संख्यामा समेत वृद्धि भएकोृ छ । हाल नेपालमा ६ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?