साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपाल एक-शुन्यले पछाडी

बंगलादेश । साफ च्याम्पियनसिपको १२ औँ संस्करण मंगलवारबाट बंगलादेशमा शुरु भएको छ । 

बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा नेपाल पहिलो हाफ सकिदा एक-शुन्य गोल अन्तरले पछाडी परेको छ । शुरुवाती समयमा निक्कै आक्रामक खेल खेलेको नेपालले ३६ औँ मिनेटमा गोल खान पुग्यो ।

नेपालका कप्तान बिराज महर्जनले पाकिस्तानका खेलाडीलाई फाउल गरेपछि पाकिस्तानले पेनाल्टी हान्ने मौका पायो । 

त्यो अबसरलाई पाकिस्तानका मोहम्मद रियाजले गोल गरे र खेललाई १-० को अग्रता दिलाए । खेलको ४० औँ मिनेटमा नेपालका सुमन अर्यालको उत्कृष्ट हेडर बल पाकिस्तानका गोलकिपरले बचाउ गरे । 

समूह ‘ए’ मा रहेको नेपालसहित भुटान, पाकिस्तान र बंगलादेश रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?