दुई अर्बभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा धनुषाका २८ वर्षीय युवक पक्राउ

लोकपथ
63
Shares

काठमाडौं । गैरकानुनी रूपमा क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार यादवले हालसम्म दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एपमार्फत सट्टेबाजी खेल्ने र खेलाउने गर्नुका साथै अवैध रूपमा क्रिप्टोकरेन्सीको ठूलो परिमाणमा कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

सोही क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय धनुषासँग समन्वय गरी यादवलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?