काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको आज बिहान गोली हानी हत्या गरिएको छ । आक्रमणपछि आबेलाई अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भएको छ । घटनामा संलग्न एक अभियुक्त पनि पक्राउ परेका छन् । यो घटना के कारणले भयो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।
सिन्जो आबे विश्वका सबैभन्दा लोकप्रिय राजनीतिज्ञ थिए। उनी जापानका सबैभन्दा कान्छो प्रधानमन्त्री भएका छन् । उनका हजुरबा हजुरआमा देशको बलियो राजनीतिक परिवारबाट थिए ।

को हुन् सिन्जो आवे ?
टोकियोको एउटा बलियो राजनीतिक परिवारमा जन्मिएका सिन्जो आवेको जन्म २१ सेप्टेम्बर १९५४ मा टोकियोमा भएको थियो। आवे जापानको एक प्रभावशाली परिवारसँग सम्बन्धित छन्। उनको परिवार मूल रूपमा यामागुची प्रिफेक्चरको हो। उनका हजुरबुवा भिस्काउन्ट योशिमा इम्पीरियल जापानी सेनाका जनरल थिए। आवेकी आमा योको किशी जापानका पूर्व प्रधानमन्त्री नोबुसेकु किशीकी छोरी हुन्। नोबुसेकु सन् १९५७ देखि १९६० सम्म जापानका प्रधानमन्त्री थिए ।
आवेले ओसाकामा आफ्नो स्कुलिङ पूरा गरे। उनले यहाँको साइक युनिभर्सिटीबाट राजनीतिशास्त्रमा स्नातक गरे । स्नातक पछि, आबे थप अध्ययनको लागि अमेरिका गए। उनले आफ्नो बाँकी पढाइ युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया, अमेरिकाबाट पूरा गरे।
अमेरिकाबाट फर्केपछि आबेले अप्रिल १९७९ मा कोबे स्टिल प्लान्टमा काम गर्न थाले। दुई वर्षपछि सन् १९८२ मा जागिर छोडेर राजनीतिमा प्रवेश गरे । राजनीतिज्ञ हुनुअघि उनले सरकारसँग सम्बन्धित धेरै पदमा जिम्मेवारी सम्हालेका थिए। आवेका बुबाको सन् १९९३ मा मृत्यु भयो र त्यसपछि आबेले चुनाव लडे। उनी चुनाव जितेर यामागुशीबाट सांसद निर्वाचित भएका थिए ।

सन् २००६ मा लिबरल डेमोक्रेटिक पार्टीका आबे प्रधानमन्त्री निर्वाचित भए। त्यतीबेला उनको उमेर ५२ वर्ष थियो। उनी सन् २००७ सम्म देशको प्रधानमन्त्री थिए । यस क्रममा उनको नाममा दुई वटा कीर्तिमान दर्ता भएको थियो । आवे युद्धपछि देशको सबैभन्दा कान्छो प्रधानमन्त्री मात्र नभएर दोस्रो विश्वयुद्धपछि जन्मेका पहिलो प्रधानमन्त्री पनि थिए। यसपछि उनी २६ डिसेम्बर २०१२ देखि १६ डिसेम्बर २०२० सम्म दोस्रो पटक प्रधानमन्त्री भए । उनी सबैभन्दा लामो समय यो पद सम्हाल्ने जापानका प्रधानमन्त्री हुन् । यसैबीच उनी बिरामी भए । अस्वस्थता बढ्दै गएपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् । तर, त्यतिन्जेल उनी लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्ष नै रहे ।
उत्तर कोरियासँगको विवाद समाधान :
सिन्जो आबे उत्तर कोरियाप्रतिको कडा व्यवहारका लागि परिचित छन्। सन् २००१ मा उत्तर कोरियाली नागरिकले जापानी नागरिकको अपहरण गरेका थिए । आवेलाई जापानी सरकारको तर्फबाट प्रमुख मध्यस्थकर्ताका रूपमा पठाइएको थियो। सन् २००२ मा आबेले उत्तर कोरियाका तत्कालीन प्रधानमन्त्री तथा तानाशाह किम जोङ इललाई भेटेका थिए। उनको प्रयासले संकट समाधान भयो र उनका फ्यानहरूको संख्या बढेको थियो ।
यो पनि पढ्नुहोस् : रहेनन् जापानका पूर्व प्रधानमन्त्री सिन्जो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया